ठूलो परिमाणको भारतीय रुपैयाँ सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ठूलो परिमाणको भारतीय रुपैयाँ सहित एक जना पक्राउ

pakrau

उत्तम रिजाल
झापा, १४ फागुन ।
श्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँ सहित भारतको अररिया नरपथगंज तलासीका ३४ बर्षीय संजय सिंहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बेलुका पौने ५ बजे बिराटनगर–१७ मटेरुवा स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट लुकी छिपी नेपालतर्फ आउदै गरेका संजय सिंहको साथबाट भारतीय रुपैयाँ २ लाख ४६ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले ५०० दरको नोट ३८८ थान, २००० दरको नोट २६ थान सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

श्रोत नखुलेको उक्त परिणामको रकम सहित पक्राउ परेका सिंहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको तथा अन्य अनुसन्धानको लागि भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको प्रदेश १ प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);