प्रतिबन्धित भारतीय नोट बोकेर हिड्दा... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिबन्धित भारतीय नोट बोकेर हिड्दा…

पर्सा, ६ माघ । प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट प्रतिबन्धित ५ सय दरको नोट २ सय थान सहित सोही महानगरपालिका–१ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पाइन्टको खल्तीबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।

बरामद रुपैँया सहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);