नक्कली नोट बनाउने मेसिन सहित ४ जना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नक्कली नोट बनाउने मेसिन सहित ४ जना सार्वजनिक

कैलाली, २४ साउन । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिन सहित ४ जनालाई धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।

पक्राउ पर्नेमा तीनजनालाई धनगढीबाट पक्राउ गरिएको हो भने गोकुल खड्कालाई सिआईवी टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक सुदिप गिरीले जानकारी दिनु भयो ।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको छ ।

यस्तै अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसै गरी नक्कली नोट सहित पक्राउ परेका थप तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । नक्कली नोट सहित पक्राउ परेका कैलारी गाउँपालिका ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैँया सहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवण कुमार सिंह र सोही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);