स्वयम्भूमा गोली चल्यो, २ जना प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्वयम्भूमा गोली चल्यो, २ जना प्रहरीको नियन्त्रणमा

goli parahar

काठमाडौं, २४ साउन । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी स्थित एक क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।

लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।

लोप्साङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);