हत्या आरोपी १० वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हत्या आरोपी १० वर्षपछि पक्राउ


सिरहा, भाद्र ३ गते । प्रहरीले हत्याका घटनामा संलग्न रहेका एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ९ का ३० वर्षिय लाल कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साहलाई सादा पोशाकमा खटिएको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलबाट मंगलवार दिउँसो पक्राउ गरेको हो ।

हत्या आरोपी साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ । २०६७ असार ११ मा मिर्चैया नगरपालिका ५ का २२ वर्षिय विरेन्द्र कुमार यादवलाई गोली हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले हत्या गरी फरार रहेका साहलाई पक्राउ गरी अनुसंधान गरिरहेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);