भागिरथी चन्दका हत्या आरोपी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भागिरथी चन्दका हत्या आरोपी सार्वजनिक

दार्चुला,१८ भदौ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ टोपाली बस्ने ८३ वर्षिय भागरथी देवी चन्दको हत्या गरी फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले हत्या आरोपी जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकै २१ वर्षिय दिपक चन्द र दुहुँ गाउँपालिका–३ ब्रह्मदेवका १८ वर्षिय आषिस बमलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनिहरुलाई कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट भाद्र १२ गते पक्राउ गरी दार्चुला ल्याइएको तथा ज्यान सम्बन्धी कसूर अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आरोपी चन्द र बमले भाद्र ८ गते राती ८३ वर्षिय भागरथी देवी चन्दलाई उनकै घरको कोठामा हसिया, कैची, चक्कु प्रयोग गरी छाती, पेट तथा घाँटी रेटी निर्ममता पूर्वक कुरुर हत्या गरी शवलाई घर देखि ३ सय मिटर दक्षिणतर्फको भिरालो जमिनमा फाली गनेको सुकेको झारले ढाकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । चन्दको हत्या पछि प्रतिवादी बम र चन्द मृतकले कानमा लगाएका सुनका गहना (तेपले) एक जोर, बाकसमा राखेको अमेरिकी डलर १०० दरका ५ नोट, १ हजार दरको कोरियन नोट १ र ४० हजार नेपाली रुपैया लुटपाट गरी फरार भएका थिए ।

हत्या आरोपी चन्द र बमले भाद्र ८ गते रातीको समयमा हत्या र लुटपाट गरी महाकाली नगरपालिका–९ दत्तुका ३० वर्षिय सुनिल सिंह भाटलाई गहना बेच्न दिएको खुल्न आएको छ । सुनिल सिंह भाटले भाद्र १० गते विहान जिल्ला सदरमुकाम खलंगामा रहेको धर्म सिंह दयालीले सञ्चालन गरेको (डि–राज ज्वैलरी) सुनचाँदी पसलमा कानमा लगाउने (तेपाले) गहनालाई ९० हजारमा बेचेको प्रहरीको अनुसन्धानले देखाएको छ ।प्रहरीले सुन विक्री गर्ने सुनिल सिंह भाट र सुन खरिद गर्ने महाकाली नगरपालिका–४ (डि–राज ज्वैलरी) सुनचाँदी पसलका संचालक ४७ वर्षिय धर्म सिंह दयालीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले उनिहरुको साथबाट ११ दशमलव ३६ ग्राम सुनका कानमा लगाउने (तेपले) गहना, एक सय दरका ५ सय अमेरिकी डलर र १ हजार दरको कोरियन रुपैया एक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । हत्या आरोपी २१ वर्षिय दिपक चन्द मृतक भागरथी देवी चन्दको नाती रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);