दार्चुलामा एकल बृद्ध महिलाको हत्या, गरगहना लुटिएको अवस्थामा शव फेला,नाति फरार | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

दार्चुलामा एकल बृद्ध महिलाको हत्या, गरगहना लुटिएको अवस्थामा शव फेला,नाति फरार

दार्चुला, १२ भदौ । दार्चुलामा एकल बृद्ध महिलाको हत्या भएको छ। मालिकार्जुन गाउँपालिका ७ टोपाली ८० वर्षीया भागरथी चन्दको हंसिया प्रहार गरि हत्या गरिएको हो। मृतक महिला ५ दिन देखि हराइरहेकी र स्थानीयहरुले महिला हराएकोबारे प्रहरीलाई खबर गरेपछि आइतबार प्रहरीले खोजी गर्दै गर्दा घरभन्दा १ सय मिटर टाढा मृतक महिलाको शव हत्या गरि गरगहना लुटिएको अवस्थामा फेला पारेको थियो।

मृतक महिलाको छाती र घांटीमा हंसिया प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ। हत्यामा संलग्न रहेको आसंका गरिएका मृतक भागिरथी चन्दका नाति २१ वर्षिय दिपक बहादुर चन्द र उनका एक जना साथी फरार रहेको, उनिहरूको खोजी भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबार नै शव को पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । (बासुदेव)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);