दार्चुलामा बृद्ध महिला मृत फेला, हत्या भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

दार्चुलामा बृद्ध महिला मृत फेला, हत्या भएको आशंका

death body

काठमाडौं, ११ भदौ । दार्चुलामा एक जना एकल बृद्ध महिला मृत फेला परेकी छन् । मालिकार्जुन गाउँपालिका ७ टोपालीकी ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन् ।

मृतक महिला ५ दिन देखि हराइरहेकी र हिजो स्थानीयहरुले महिला हराएकोबारे प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दैगर्दा घरभन्दा १ सय मिटर टाढा मृतक महिलाको शव भेटिएको र लगाएका गरगहना कुनै पनि नभेटिएको हुनाले बृद्ध महिलाको हत्या भएको हुन सक्ने प्रहरीले आशंका ब्यक्त गरेको छ ।

घटना स्थलको मुचुल्का तयार गरी मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याउने तयारी भइरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);