हत्या गरी फरार भएका अभियुक्त १२ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हत्या गरी फरार भएका अभियुक्त १२ वर्षपछि पक्राउ

morang hatya pakrau

मोरङ, १० फागुन । ज्यान मारी १२ वर्षदेखि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मोरङले प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको छ । मोरङका २७ वर्षीय दिपक पाण्डेलाई हत्या गरी फरार रहेका पोखराका ४३ वर्षिय शरण भटृराई १२ वर्षपछि पक्राउ परेका हुन ।

भटृराईले २०६५ सालमा मोरङको महेन्द्र राजमार्गमा पर्ने डागीहाटमा पाण्डेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । पोखरा महानगरपालिकाको अन्नपुर्ण कलेजमा पढाउदै आएका ४३ वर्षिय भटृराईलाई १२ वर्षपछि पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । भटृराईलाई थप कानूनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले जानकारी दिए ।

हत्याका अभियुक्त भटृराई १२ वर्ष अघिको घटनापछि परिवारसहित पोखराबाट भारत गएका थिए । विभिन्न स्थानमा लुक्दै बस्दै काम गर्दै आएका अभियुक्त भटृराई पछिल्लो समय भारतको दार्जिलिङमा काम गर्दै आएका थिए । विशेष सुराकीको आधारमा प्रहरीको टोलीले भटृराईलाई त्यहींबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);