हजारको नक्कली नोटसहित एक जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

हजारको नक्कली नोटसहित एक जना पक्राउ 

पर्सा। वीरगन्ज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट एक हजार दरको ६ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदी रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले दुवेदीलाई जाँच गर्दा उनको साथमा नक्कली नोट भेटिएपछि पक्राउ गरेको हो।

उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);