नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सर्लाही । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवान छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);