सार्वजनिक यातायात र ट्याक्सी भित्र यात्रुले देख्नेगरी गाडी नम्बर राख्नु पर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सार्वजनिक यातायात र ट्याक्सी भित्र यात्रुले देख्नेगरी गाडी नम्बर राख्नु पर्ने

कविता कार्की
काठमाडौं, १८ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायात र ट्याक्सी भित्र पनि यात्रुले देख्न सक्ने गरी नम्बर राख्नु पर्ने व्यवस्था गरेको छ । यसको सुरुवात शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरिक्षक वसन्त पन्तले गरे ।

सार्वजनिक यातायातमा हुने ठगि नियन्त्रण गर्न तथा दुर्घटना न्युनीकरण गर्न महानगरीय ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सुधारका कार्यक्रम सुरु गरेको छ । ट्याक्सी चढ्ने यात्रु समान छोडेर ठगिने तथा ट्रिपर लगायतका सवारीले लापरवाही गरेरै दुर्घटना गर्ने क्रम बढेको पाइएपछि ट्राफिक प्रहरीले सुधारका कार्यक्रम सुरु गरेको हो ।

महाशाखाले उपत्यकामा सञ्चालित सार्वजनिक यातायात यात्रु बस तथा र ट्याक्सी भित्र यात्रुले देख्नेगरी नम्बर राख्न अनिवार्य गरेको छ । शुक्रबार पत्रकार सम्मेलनगरी नयाँ नियम सार्वजनिक गरेको महाशाखाले बा २ ज १८१५ नम्बरको ट्याक्सीभित्र नम्बर प्लेट जडान गरेर यसको उद्घाटन गरेको हो ।

सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने र खोज्नका लागि सवारीको नम्बर समेत थाहा नहुँदा उनीहरु समस्यामा परेको भन्दै यस्तो अभियान सुरु गरेको ट्रफिक प्रहरीले जनाएको छ ।

महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबै खाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै महाशाखाले यात्रुलाई लाइन लगाएर चढाउने ओराल्र्ने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिनुका साथै आकाशेपुलको प्रयोग गर्न लगाउने र सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको जनाएको छ ।

गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्न यस्तो तयारी गरेको हो ।

ट्याक्सीमा प्रिन्टर जडान अनिवार्य गर्ने, बढी भाडा लिने ट्याक्सीलाई कडा कारवाही गर्ने तथा बढी दुर्घटना गराउने टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाउने घोषणा महाशाखाले गरेको छ ।

हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार नौंसय २५ सवारी साधन सञ्चालनमा छन् । आर्थिक वर्ष २०७४÷७५ को १० महिनामा उपत्यकामा एकसय ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

जसमध्ये १ सय १७ पुरुष र ३२ महिला थिए । चालू आर्थिक वर्षमा तीनलाख ७८ हजार नौं सय २७ सवारी साधनलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

महिला तथा जेष्ठ नागरिकका लागि सिट नराख्ने, इजाजत नलिई सवारी साधन चलाउने, माइक्रोबस र टेम्पोमा सिटभन्दा धेरै यात्रु राख्ने, सार्वजनिक सवारी साधनमा धूमपान गर्ने, ध्वनि संकेत निषेधित क्षेत्रमा ध्वनि संकेत दिने, निर्धारित गतिभन्दा बढी बेगले सवारी चलाउने र दुर्घटना गराइ फरार हुने सवारी साधनलाई एकहजार जरिवाना गर्ने महाशाखाले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);