ट्राफिकको 'हाउ मच' अभियान : ६ हजारभन्दा बढी ट्याक्सी चालक कारवाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्राफिकको ‘हाउ मच’ अभियान : ६ हजारभन्दा बढी ट्याक्सी चालक कारवाहीमा

taxi how much-abhiyan

काठमाडौं, २३ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ७९९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । आर्थिक बर्ष २०७५-७६ माघ सम्म ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई हाउ मच अभियान सञ्चालन गरेरै कारबाही गरेको छ ।

ट्राफिक महाशाखामा यात्रुहरुको धेरै गुनासो आएपछि हाउ मच अभियानको सुरुवात गरि मिटरमा जान नमान्ने, धेरै पैसा माग्ने र बिभिन्न बाहानामा यात्रुलाइ ठगी गर्ने टयाक्सी चालकलाइ कारबाहीमा प्रक्रिया सुरु गरिएको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए ।

यसरी प्रक्राउ पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले तीन हजार रूपैयाँ जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी हाउ मच कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने पाँच सयदेखि पन्ध्र सय रूपैयाँ सम्म जरिवाना गर्ने छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा यात्रुलाइ गन्तब्यमा मिटरमा जानुको बदलामा कति दिने भनेर यदि वार्गेनिङ गर्न थालेमा प्रहरीले त्यस्ता टयाक्सीलाई कारवाही गर्न थालेको छ । यससंगै प्रहरीले मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

यसरी टयाक्सी चालकहरुलाइ अभियान नै संचालन गरेर कारवार्ही गरिरहेका बेला टयाक्सी चालकहरुले भने फक मत राखेका छन । उनीहरुले भने राज्यले कारवाही र करको दायरा मात्रै बढाउदै लैजादा आफुहरु मारमा परेको बताएका छन । उनीहरुले टयाक्सी चालकहरुको पनि समस्या सरकारले बुझनुपर्ने धारणा राखेका छन ।

महाशाखाले आव २०७० र ०७१मा चार हजार ७२, आब २०७१-७२मा पाच हजार ३ सय ४८, आब २०७२-७३मा दुइ हजार ७ सय ९५, आब २०७३-७४मा उन्तीस सय ८० आब २०७४-७५मा आठ हजार एक सय २० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि अनुगमनका लागी खटाउने गरेको महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);