कम्प्युटराईज्ड मेसिन जडान नगर्ने टयाक्सी माथि ट्राफिक प्रहरी विभागले कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २९ , काठमाण्डौँ । टयाक्सीमा कम्प्युटराईज्ड बिलिङ मेसिन जडान गर्न अटेरी गर्नेमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखा र गुणस्तर तथा नापतौल विभागले कारबाही सुरु गरेको छ ।

कम्प्युटराईज्ड मेसिन जडान गर्नैपर्ने नियम उलंघन गर्ने टयाक्सी चालक र व्यवसायीहरुलाई कारवाही गर्न सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । महाशाखाले हाल करिव १ सय १५ वटा टयाक्सीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ । ठगी नियन्त्रण गर्न र समग्रमा सबै यात्रुहरुलाई सन्तुष्टि दिलाउन पनि यो अभियानलाई कडाईका साथ अघि बढाइएको प्रहरी नायव महानिरीक्षक खनालले स्पष्ट पार्नुभयो । महाशाखाका अनुसार काठमाडौं उपत्यका भित्र मात्रै करिव २५ सय टयाक्सी अबैध रुपमा संचालन हुँदै आएका छन ।

महाशाखाले शनिवारबाट त्यस्ता बिलिङ मेसिन जडान नगरेका टयाक्सीलाई नियन्त्रणमा लिन सुरु गरेको हो । महाशाखाले साउन पहिलो साता सम्ममा सबै टयाक्सीहरुलाई मिटर जडान गरी बिलिङ स्टिम लागू गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । त्यसलाई अटेरी गरेपछि कारवाही सुरु गर्नुपरेको महाशाखाले स्पष्ट पारेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);