यात्रुबाहक बसमाथि ढुंगा खस्दा एकजनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २९ , राप्ती । राप्ती राजमार्गअन्तर्गत तुल्सीपुर–कपुरकोट सडकखण्डमा आइतबार गुडिरहेका यात्रुबाहक बसमाथि ढुंगा खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिको ना. ३ ख ३२३० नम्बरको बस पहाडबाट ढुंगा खसेर कपुरकोट गाउँपालिका– ३, गोठरी खोलामा पल्टिएको हो । घटनामा ११ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख श्याम खत्रीले जानकारी दिनुभयो । घाइतेहरुको राप्ती अञ्चाल अस्पतालमा उपचार भइरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);