बाढि र पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारमा जनशक्ति परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २९, काठमाडौँ ।
सरकारले बाढि र पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएको छ ।

 

स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले विपदमा परी घाईते भएकाहरुको उपचारका लागि तत्काल विराटनगर, जनकपुर, रौतहट र नेपालगंजलाई केन्द्र बनाएर जनशक्ति परिचालन गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले चार वटा मुख्य क्षेत्रलाई केन्द्र बनाएर बाढि तथा पहिरो पीडितहरुको स्वास्थ्य उपचारको व्यवस्था मिलाउने काम भइरहेको जानकारी दिनु भयो । मन्त्री पोखरेलले विपद्को यो बेला कुनै पनि स्वास्थ्यकर्मीलाई विदामा नबस्न तथा तालिम, सेमिनार वा गोष्ठी भएपनि छाडेर आ–आफ्नो कार्यक्षेत्रमा फर्कन पनि सचेत गराउनु भयो ।

 

मन्त्री पोखरेलले विपदको यो बेला सबै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन वातावरण बनाई दिन वरिष्ठ चिकित्सक गोविन्द केसीलाई पनि आग्रह गर्नु भयो । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै आमरण अनसन बस्दै आउनु भएका वरिष्ठ चिकित्सक केसीको मागको सम्मान गर्दै सबै स्वास्थ्यकर्मीहरुलाई आ–आफनो कार्यक्षेत्रमा गएर बाढि र पहिरो पीडितको उपचारमा संलग्न हुने वातावरण बनाउन आग्रह गरिएको पनि मन्त्री पोखरेलले बताउनु भयो ।

 

मन्त्री पोखरेलले विपद् पछि फैल्न सक्ने महामारी नियन्त्रण गर्न पनि सरकार सचेत रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);