कृषि क्षेत्रमा भएको क्षति एकीन गरी राहत उपलब्ध गराउने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन २९, काठमाडौँ ।

कृषि विकास मन्त्रालयले बाढि, पहिरो र डुबानमा परी कृषि क्षेत्रमा भएको क्षति एकीन गरी पीडितलाई तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

 

कृषि विकास मन्त्री रामकृष्ण यादवले आईतबार मन्त्रालय मातहतका सबै निकायका प्रमुखहरुलाई बोलाएर बाढि र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षेतिको विवरण तत्काल संकलन गर्न पनि निर्देशन दिनु भयो । उहाँले देशका विभिन्न भागमा आएको बाढि र पहिरोबाट कृषकले थुप्रै क्षति व्यहोर्नु परेको उल्लेख गर्दै त्यसको विवरण आउने वित्तिकै क्षर्तिपूर्तिको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री यादवले सरकार पीडितलाई राहत दिन लागि परेको पनि स्पष्ट पार्नु भयो ।

 

बैठकमा कृषि विकास मन्त्रालय अन्तरगतका विभागीय प्र्रमुखहरुले बाढि र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षेतिको विवरण संकलन गर्ने कार्यलाई तीव्र गतिकासाथ अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);