तत्काल राहत, उद्धार र क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तत्काल राहत, उद्धार र क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन

साउन २९, काठमाडौँ ।

व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत, उद्धार र क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

समितिको आईतबार बसेको बैठकले अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानका कारण देशका विभिन्नमा भागमा दर्जैनौको ज्यान समेत गएकोमा गहिरो दुःख व्यक्त गर्र्दै पीडित परिवारलाई तत्काल क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बाढि, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत, उद्धार र क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति जुठबहादुर टुहुँरे खड्गीले जानकारी दिनु भयो ।

 

 

बैठकमा समितिका सदस्यहरुले बाढि, पहिरो र डुवान पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । उनीहरुले वर्षा लगातार आउने सूचना मौसम पूर्वानुमान शाखाले दिएपनि सरकारले त्यसबाट हुने क्षति न्यूनिकरणका लागि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना समेत गरेका छन । समितिका सदस्यहरुले भारतीय बाँधका कारण नेपाली भूमि बढि डुवान भएको दावी गर्दै तत्काल हवाई गस्ती गरी त्यहाँको अवस्थाबारे अध्ययण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

 

 

केहीदिन यताको अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुवानले देशका विभिन्न भागमा ठूलै धनजनको क्षति भएको छ । सरकारले हालसम्म क्षेतिको एकीन विवरण भने सार्वजनिक गर्न सकेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);