बाँकेमा माइक्रोबस र ट्रक ठोक्किँदा ६ को मृत्यु, १७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाँकेमा माइक्रोबस र ट्रक ठोक्किँदा ६ को मृत्यु, १७ घाइते

बाँके, २० असोज । बाँकेमा माइक्रो बस र ट्रक एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको माइक्रो बस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको छ । दुईजनाको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

घाइतेहरूको विवरण
१) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ५० वर्षकी धनीसरा चौधरी
२) रोल्पा थपाङ गाउँपालिका–२ बस्ने ४३ वर्षकी रासकुमारी रोका
३) सल्यान सारदा नगरपालिका–१४ बस्ने ३० वर्षकी चन्द्रकला पुन
४) रोल्पा थवाङ गाउँपालिका–२ बस्ने ४२ वर्षको कर्मबहादुर बुढा
५) दाङ तुल्सीपुर नगरपालिका–६ बस्ने ४० वर्षकी इन्दिरा केसी
६) सल्यान छाँयाछत्र गाउँपालिका–३ बस्ने वर्ष २२ की मीना योगी
७) दाङ तुल्सीपुर उपनगरपालिका–६ बस्ने ४२ वर्षकी इश्वरी विक
८) दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ४९ वर्षका टेकबहादुर सुनार
९) दाङ तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने २१ वर्षकी कृष्णाकुमारी रिजाल
१०) दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ३६ वर्षकी कल्पना बस्नेत
११) दाङ तुल्सीपुर उपमहानगरपालिका–३ बस्ने २३ वर्षकी अन्जली बर्मा
१२) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २४ वर्षकी गीता भण्डारी
१३) दाङ तुल्सीपुर उपमहानगरपालिका–८ बस्ने २३ वर्षका प्रेम बुढा
१४) दाङ तुल्सीपुर उपमहानगरपालिका–१ बस्ने २८ वर्षका मोहन जोशी
१५) दाङ तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने ४८ वर्षकी मनकुमारी वली
१६) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २२ वर्षकी अन्जली पुन
१७) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २५ वर्षको प्रकाश ओली

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);