कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न नेता नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न नेता नेपालको आग्रह

madhav kumar nepal

काठमाडौं, २० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन् ।

मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना बढ्दै गईरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

शनिबार दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई ईमान्दार भएर काम गर्न पनि सचेत गराए ।

स्थानीय सरकारले सडक पिँच, पीउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुपर्ने बरिष्ठ नेता नेपालको भनाई छ । वरिष्ठ नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);