सरकारको आलोचना नगर्न मन्त्री इश्वर पोखरेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारको आलोचना नगर्न मन्त्री इश्वर पोखरेलको आग्रह

ishor pokheral

काठमाडौं, २० असोज । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न सबैलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले ३ वर्ष अघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन ?’ भनेर खोजी गर्न केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

उनले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति संकेत गर्दै संविधान जारी भए लगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमिक्षा गर्न जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार मेल नखाने नीति, विधि र संरचना खारेज गर्ने घोषणा गरे । शनिबार धोबीखोला करिडोर परियोजना सम्बन्धि नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले काठमाडौंको ढल, सडक, खानेपानी लगायतका संस्थाहरुको आपसी तालमेल नमिलेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताए।

उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने विश्वास पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);