लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं, ११ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् ।

प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारे । उनले न्यायलयको फैसला आफुहरुले न्यायलयको फैसलालाई मान्दैनौँ भन्ने कसले भन्छ भनेर प्रश्न समेत गरेका छन् ।

उनले प्रश्न गर्रे न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?, ’न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?’ शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।

साथै उनले ताजा जनाशेमा जाने कुार कसरी असंवैधानिक र अलोकतान्त्रिक हुन्छ भन्ने पनि प्रश्न गरे । उनले तोकिएकै समयमा निर्वाचन हुने बताउँदै निर्वाचनमा हुन नदिन कुनै खालका कोसिस नगर्न समेत सबैलाई अनुरोध गरे । निर्वाचन ताजा जनादेशका लागि भएकाले यो सबैको हितमा हुनेमा उपप्रधानमन्त्री पोखरेलले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);