उपप्रधानमन्त्री पोखरेलले फैसला मान्ने तर सम्मान नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपप्रधानमन्त्री पोखरेलले फैसला मान्ने तर सम्मान नगर्ने

काठमाडौं, १२ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि पोखरेलले सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न नसकिने ट्विट गरेका हुन् ।

पोखरेलले ट्विटरमार्फत् सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट सरकार संचालनमा भएको गतिरोधको समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको बताएका छन् । साथै उनले सर्वोच्चको यस फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने उल्लेख गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सर्वाेच्चको फैसला मान्नुपर्ने तर फैसलाले जारी राजनीतिक समस्या भने हल नर्गने ट्विट गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);