सल्यानमा जिप दुर्घटना, सात घाइते, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सल्यानमा जिप दुर्घटना, सात घाइते, एकको मृत्यु

सल्यान । सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए । सन्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्यापजिप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);