छाेरीकाे घर हिँडेका वृद्धको खोलाले बगाएर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

छाेरीकाे घर हिँडेका वृद्धको खोलाले बगाएर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा चौबीसे गाउँपालिका-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खोला गर्नेक्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए। छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृत अवस्थामा फेला पारेका थिए।

Leave a Reply