रोल्पामा यात्रुवहाक जिप दुर्घटना तीनको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रोल्पामा यात्रुवहाक जिप दुर्घटना तीनको घटनास्थलमै मृत्यु

रोल्पा । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन ।

छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ । माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);