दैलेखमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दैलेखमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दैलेख । दैलेखको दुल्लु नगरपालिका–३ सियालामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा परेर जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरीको भनाई छ । निषेधाज्ञाको बेला उक्त जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे भने खुल्न सकेको छैन । जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);