जुम्लामा जिप दुर्घटना एकको मृत्यु, तीन घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जुम्लामा जिप दुर्घटना एकको मृत्यु, तीन घाइते 

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक तिरूवा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);