प्युठानमा जीप दुर्घटना, ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्युठानमा जीप दुर्घटना, ७ जनाको मृत्यु

प्युठानको धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्वरको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

प्युठानमा जीप दुर्घटना

काठमाडौं । प्युठानको धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नम्वरको स्कार्पियो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि गएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट ७०० मिटर तल खसेर दुर्घटना हुँदा पाँच महिला र एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

 

सो जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । घटनामा परी घाइते भएकामध्ये दुई महिला र चालक सरोज घलेको अवस्था गम्भीर रहेको छ ।

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा बसेका तीर्थालु मन्दिर दर्शनका लागि स्वर्गद्वारी जाँदै गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);