पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।

सडक माथिबाट झरेको ठूलो ढुंगाले लागेर जिप सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो । दुर्घटनामा परी घाइते भएका दुई जना गम्भीर छन् भने र दुई जना सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । उनीहरु सबै झुम्साका रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);