पाल्पामा ‘ओभरलोड’ यात्रु बोक्दो जिप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

पाल्पामा ‘ओभरलोड’ यात्रु बोक्दो जिप दुर्घटना

काठमाडौं,२ फागुन । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।

घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा तिनाउ–६ मस्यामकी यमकुमारी पन्त, सोही ठाउँकै रामबहादुर अस्लामी, कृष्णबहादुर अस्लामी, उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती चुना रणपालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी विष्णुकला कामीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडाका लागि गुडेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । मृत्यु तथा घाइते हुने अधिकांश स्थानीय मस्यामको चिदिस र सिखरडाँडा गाउँका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);