पाल्पामा जीप दुर्घटना : दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाल्पामा जीप दुर्घटना : दुई जनाको मृत्यु

accident

पाल्पा, १९ मंसिर । पाल्पाको तिनाउ गाउँपालिका ५ चौविस माईलमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्वरको जिप चौविस माईल स्थित सिद्धार्थ राजमार्गमा बिहिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ । जीप सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);