गुल्मीको रेसुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीको रेसुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मी, ६ फागुन । बुधवार गुल्मीको ठूलो पधेरा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सो दुर्घटनामा परि २७ वर्षीय गोमा नेपाली, २८ वर्षीय शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको छ । ११ जना सवार रहेको जीपमा २ जना भने हाम फालेर जोगिएका थिए । जीप सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);