गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना गम्भीर घाइते

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
आज बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा छन् ।

त्यस्तै घाइते हुनेहरुमा इस्मा गाउँपालिका–४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी रहेका छन् । चालक र सह–चालक भने शकुसल रहेको बताइएको छ । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);