विपद संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विपद संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन हुँदै

सिन्धुपाल्चोक, १२ मंसिर । सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि सुरु हुने भएको छ ।

सुरुमा जुगल गाउँपलिकाको लिदि, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन इकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर सन्तोष निरौलाले जानकारी दिनुभयो ।

गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी, सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञ सहितको टोलीले भदौ १२ गते शुक्रबारबाट काम सुरु गर्न लागेको उहाँले बताउनुभयो ।

शुक्रबार बिहानै काठमाण्डौंबाट विशेषज्ञ सहितको टोली सिन्धुपाल्चोक आइपुगेको उहाँको भनाई छ । सिन्धुपाल्चोकमा यसबर्ष लगातारको विपत्ति पछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरि आवश्यक पहल लिने विषयमा समन्वय गर्नुभएको थियो । उहाँले संघ र जिल्लामा फरक फरक बैठककको आयोजना गरि सिन्धुपाल्चोकमा भौगर्भिक अध्ययन र विस्थापित बस्तिको पुननिर्माणका लागि लगातार पहल गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको भौगार्भिक अध्ययन गर्न जाने टोलीले पहिले जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग लगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्ने बताइएको छ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमश अध्ययन हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);