भू-गर्भ विज्ञान विषयक ११ औँ एशियाली क्षेत्रिय सम्मेलन राजधानीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भू-गर्भ विज्ञान विषयक ११ औँ एशियाली क्षेत्रिय सम्मेलन राजधानीमा सुरु

काठमाडौं, १२ मंसिर । विपत व्यवस्थापनका लागि इन्जिनियरिङ् भुगर्भ विज्ञान विषय ११ औ एशियाली क्षेत्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।

इन्टरनेशनल एशोसियसन फर इन्जिनियरिङ्ग एण्ड इन्भारमेयटल जियोलोजी ( आई ए इ जी ) र नेपाल भौगर्भिक समाजको संयुक्त आयोजनामा सोमबार देखि काठमाडाैँमा सुरु सम्मेलनमा विशेष गरेर भौगर्भिक संरचनाका कारण आई पर्न सक्ने प्राकृतिक प्रकोप र तीनको न्युनीकरणका विषयमा छलफल हुने छ ।

सम्मेलनको राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल जस्तो संवेदनशिल भूबनोट भएको मुलुक बेला बेलामा प्राकृतिक प्रकोपको चपेटामा पर्ने भएकाले प्राकृतिक विपतबाट हुने जनधनको क्षति न्युनीकरणका लागि भू बैज्ञानिकहरुको भुमिका महत्वपुर्ण हुने उनले बताइन् ।

उनले कमजोर भूसंरचनाका कारण मुलुकमा कुनै पनि समयमा आईपर्न सक्ने प्राकृतिक प्रकोपको सामना गर्नका लागि भूकम्प सम्बन्धी अध्ययन अनुसन्धान गर्न अधिकार सम्मपन्न छुट्टै निकायको आवश्यकता रहेको भन्ने विज्ञको सुझावलाई सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

तीन दिने सम्मेलनमा विशेष गरेर कमजोर भूसंरचनाका कारण आईपर्न सक्ने प्राकृतिक विपत, विपत व्यवस्थापनका लागि इन्जिनियरिङ्ग भुगर्व विज्ञानको भुमिकाका बारेमा छलफल हुने नेपाल भौगर्भिक समाजका महासचिव कमलाकान्त आचार्यले जानकारी दिए । सम्मेलनमा विभिन्न २१ देशका झण्डै २ सय बढी सहभागी छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);