३६ औं एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन राजधानीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

३६ औं एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन राजधानीमा सुरु

asia pacific regional meeting

काठमाडौं, ५ मंसिर । एयर ट्राफिक कन्ट्रोल सम्बन्धी ३६ औं एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।

बिहिबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौति बढ्दै गएको बताउनुभयो । नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली सुदृढ हुने उहाँको भनाई थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माणका लागि संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनका लागि सरकार सधै तयार रहेको बताउनुभयो ।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विविधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुनेछ ।

शनिबारसम्म चल्न सम्मेलनमा इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।

asia pacific regional meeting

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);