काठमाडौंमा वैकल्पिक उर्जासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौंमा वैकल्पिक उर्जासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, १२ कात्तिक । चौंथो अन्तर्राष्ट्रिय वैकल्पिक उर्जासम्बन्धि सम्मेलन काठमाडौंमा सुरु भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणिले वैकल्पिक उर्जासम्बन्धि सो अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गरेका छन् ।

२० वटा देशका २ सय ५० भन्दा बढि विज्ञहरु सहभागी रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनले वैकल्पिक उर्जा क्षेत्रको विकासका लागि आवश्यक ठोस रणनीति तय गर्ने विश्वास लिइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले वैकल्पिक उर्जाको भरपुर विकास गरेर उर्जा संकट समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उनले प्राकृतिक स्रोतको उपयोग गरेर नेपाललाई समृद्ध बनाउने योजना अघि सारे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वैकल्पिक उर्जालाई नेपालले समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको स्पष्ट पारे । उनले उर्जाको पर्याप्त उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको बताए ।

कार्यक्रममा सहभागी वक्ताहरुले अतिकम विकसित राष्ट्रहरुको विकासमा वैकल्पिक उर्जाको आवश्यक्ता र औचित्य झनै बढेर गएको धारणा राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);