जावलाखेलमा बिहीबारदेखि गोदावरी फूलको प्रदर्शनी हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जावलाखेलमा बिहीबारदेखि गोदावरी फूलको प्रदर्शनी हुने

काठमाडौं, १२ कात्तिक । गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन, नेपालले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी ललितपुरस्थित जावलाखेल खेल मैदानमा आगामी बिहीबारदेखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी आयोजक समितिका संयोजक मीनबहादुर तामाङले जानकारी दिए ।

४ दिनसम्म चल्ने प्रदर्शनीमा ४४ वटा व्यवसायिक, ३ वटा सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित ४८ वटा स्टल रहनेछन् । प्रदर्शनीमा ३६ हजार बढिले अवलोकन गर्ने र ४५ लाखभन्दा बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);