आगामी बिहिवारदेखी ललितपुरमा गोदावरी फूलको मेला आयोजना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आगामी बिहिवारदेखी ललितपुरमा गोदावरी फूलको मेला आयोजना गरिने

phul mela

ललितपुर, १२ कात्तिक । ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन, नेपालले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी ललितपुरस्थित जावलखेल खेल मैदानमा आगामी बिहिबारदेखि १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी गराएको हो । गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गर्न लागिएको एशोसिएशनले जनाएको छ ।

४ दिनसम्म चल्ने प्रर्दशनीमा ४४ वटा व्यवसायिक, ३ वटा सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रर्दशनी स्टल १ सहित ४८ वटा स्टल रहनेछन । प्रर्दशनीमा ३६ हजार बढिले अवलोकन गर्ने र ४५ लाखभन्दा बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);