बाह्रौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

बाह्रौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न

Godawari

काठमाडौं, १८ कात्तिक । बाह्रौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतवार सम्पन्न भएको छ । चारदिन सम्म ललितपुर स्थित जावलाखेल मैदानमा चलेको प्रदर्शनी आइतवार सम्पन्न भएको हो । प्रदर्शनीमा सहभागी ब्यवसायीहरुले प्रदर्शनीवाट आफूहरु उत्साहित भएको बताएका छन । फूल व्यवसायीहरुले यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उल्लेख गर्दै विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा नै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन ।

फूल व्यवसायीहरुले युवाहरु कामको खोजी गर्दे बिदेसिनु भन्दा स्वदेशमै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन । स्वदेशमै बसेर फूलको व्यवसाय गरे राम्रो आम्दानी हुने उनीहरुको भनाई छ ।

नेपालमा फूल व्यवसायबाट गत वर्ष २ अर्व बराबरको आयआर्जन भएको थियो । व्यवसायको प्रवद्र्धनका लागि हरेक वर्ष प्रर्दशनी आयोजना हुने गरेको छ । यस वर्षको प्रर्दशनी पनि सफलतापूर्वक सम्पन्न भएको फ्लारीकल्चर एशोसिएशनले जनाएको छ । यस वर्षको प्रर्दशनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनले जानकारी दिएको छ ।

चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ । तिहारलाई लक्षित गरेर हरेक वर्ष फूल प्रर्दशनी हुने गरेको छ । यस वर्ष प्रर्दशनीमा ४ सय ५० प्रजातिका फूलहरु राखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);