विदेश जानेहरुलाई नेपालमै फूल व्यवसाय गर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

विदेश जानेहरुलाई नेपालमै फूल व्यवसाय गर्न सुझाव

ful-tihar

काठमाडौं, १८ कात्तिक । व्यवसायीहरुले फूल व्यवसायबाट आफूहरु उत्साही रहेको बताएका छन् । फूल व्यवसायीहरुले यस व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उल्लेख गर्दै विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा नै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन् । ललितपुरस्थित जावलाखेल मैदानमा आयोजित १२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनीमा सहभागी भएका उनीहरुले फूल व्यवसायले राम्रो आम्दानी दिने बताए ।

फूल व्यवसायबाट आफूहरु उत्साही भएको फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिए । प्रदर्शनी गत वर्षको भन्दापनि सफलतापूर्वक सम्पन्न भएको छ ।

फूल व्यवसायीहरुले विदेशमा जानेहरुलाई नेपालमै फूल व्यवसाय गर्न पनि सुझाव दिएका छन् । स्वदेशमै बसेर फूलको व्यवसाय गरे राम्रो आम्दानी हुने उनीहरुको भनाई छ ।

नेपालमा फूल व्यवसायबाट गत वर्ष २ अरव बराबरको आयआर्जन भएको थियो । यस व्यवसायको प्रवद्र्धनका लागि हरेक वर्ष प्रदर्शनी आयोजना हुने गरेको छ । यस वर्षको प्रदर्शनी पनि सफलतापूर्वक सम्पन्न भएको एशोसिएशनले जनाएको छ ।

यस वर्षको प्रदर्शनीमा ४२ हजारले अवलोकन गरेको र ६५ लाख भन्दा बढिको कारोबार भएको एशोसिएशनका अध्यक्ष कसजुले जानकारी दिए । चार वर्ष भित्र नेपाललाई फूलमा आत्मनिर्भर बनाउने एशोसिएशनको योजना छ । तिहारलाई लक्षित गरेर हरेक वर्ष फूल प्रदर्शनी हुने गरेको छ । यस वर्ष प्रदर्शनीमा ४ सय ५० प्रजातिका फूलहरु राखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);