कञ्चनपुरका सबै पुरुषको डिएनए परिक्षण गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कञ्चनपुरका सबै पुरुषको डिएनए परिक्षण गर्न माग

nirmala

काठमाडौं, १८ कात्तिक । बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न माग गरिएको छ । आईतबार निर्मलाको न्यायका निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परिक्षण गर्न दवाव दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ ।

सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परिक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले जानकारी दिए ।

अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौं लगायत देशका मुख्यमुख्य सहरमा प्रदर्शन गर्दै आएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सय दिन वित्दा समेत सरकारले पत्ता लगाउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);