निर्मलाको हत्यारा पत्ता लगाउने क्रममा प्रहरीबाट डिएनए परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

निर्मलाको हत्यारा पत्ता लगाउने क्रममा प्रहरीबाट डिएनए परीक्षण सुरु

nirmala panta hatya

कञ्चनपुर, २९ भदौ । बलात्कार पछि हत्या गरिएकी कंचनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउने क्रममा प्रहरीले डिएनए परीक्षण सुरु गरेको छ ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान भइरहदा शंकाको आधारमा प्रहरीले डिएनए परीक्षण सुरु गरेको हो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर विष्टका भतिजा आयुषको रगत संकलनको काम सकिएको छ । तीनैजनाको डीएनए परीक्षण प्रहरीको विधिविज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्नेछ । उनीहरुको डीएनए परीक्षण रिपोर्ट आउन २ हप्ताको समय लाग्ने प्रहरीले जनाएको छ ।