भागरथीको घटनाका आरोपी भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भागरथीको घटनाका आरोपी भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयाे

बैतडी, १६ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

अनुसन्धानमा थप कुराको पुष्टि गर्न डिएनए परीक्षण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । डिएनए परीक्षणको रिपोर्ट केही दिनमा आउने पनि प्रहरीले जनाएको छ । तर भागरथीको भेजाइनल स्वाब परीक्षणका लागि केही दिन अघि नै पठाएको भए पनि सोको भने रिपोर्ट नआएको प्रहरीले जनाएको छ ।

गएको माघ २१ गते विद्यालयबाट घर नफर्किए पछि खोजी गर्दा २२ भोलिपल्ट उनको शव स्थानीय जंगल मै फेला परेको थियो । लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले फागुन ५ गते भागरथीको हत्या र बलात्कारको आरोपमा दिनेशलाई सार्वजनिक गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);