अभियुक्त दिनेशको डिएनए भागरथीको भजाइनल स्वाबसँग मिल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अभियुक्त दिनेशको डिएनए भागरथीको भजाइनल स्वाबसँग मिल्यो

बैतडी, १२ चैत । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डिएनए मृतक भागरथीको भजाइनल स्वाबसँग मेल खाएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय वित्रि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट बिहीबार आएको हो ।

रिपोर्ट अनुसार अभियुक्त दिनेश भट्टको डिएनए भागरथीको भजाइनस स्वाबसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अभियुक्त दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ । केहीदिन अघि दिनेशले भागरथीको बलात्कार र हत्यामा आफ्नो संलग्न नरहेको आफ्ना बुवालाई बताएका थिए ।

घटनामा संलग्न रहेका मान्छे गाउँपालिकाको कर्मचारी भएको र आफू र परिवारलाई मार्ने धम्की दिएपछि दिनेशले अपराध स्विकार गरेको बताएका थिए । तर डिएनए रिपोर्ट मिलेसँगै दिनेश नै उक्त घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ ।

गएको माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेको थियो । अनुसन्धानपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);