काठमाडौंका मेयर शाक्यले दिए पुरातत्व विभागलाई कारवाहीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

काठमाडौंका मेयर शाक्यले दिए पुरातत्व विभागलाई कारवाहीको चेतावनी

काठमाडौं, १६ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित भएका छन् । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।

अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए । उनले भने ‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न । जनता जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं ।

मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिए । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए। । हनुमानढोका भित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको दावी गरे ।

सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए । ‘कायम गर्न चाहन्छौं । हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं । हनुमानढकोका भित्र जुन जुन सतलहरु थियो, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं । पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ । बटुवा मैत्री हुनुपर्छ भन्ने काठमाडौ महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौं । पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरु सबैलाई सिकाएर हिँडने पुरातत्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा काईराखेको छ । त्यसको अव हामी काठमाडौं महानगरबासी सहने छैनौं । हटाउँछौं । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौं । ’शाक्यले भने

जकार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताएर । प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राकिरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘सरकारी निकायहरुबीचको समन्वय हुने खालको कुराहरुमा आफ्ना तरिकाले सोच्ने कुरामा कहिलेकाहिं समस्याहरु छन् । त्यसलाई अरु कुनैपनि उपाय छैन । हामी एकसाथ बसेर छलफल गरेर निचोड के हो त्यो अनुसार निकालेर काम गर्नुको हामीसँग विकल्प छैन ।

Leave a Reply

ताजा समाचार