काठमाडाैं । पुरातत्व विभागले पुरातात्विक महत्वका अवशेषहरुको संरक्षणमा ध्यान दिन आग्रह गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी पुरातत्व विभागले मानव सभ्यता नै नासिने भएकाले पुरातात्विक महत्वका वस्तुको अवशेषहरु भेटिए तत्काल पुरातत्व विभागलाई जानकारी गराउन पनि सर्वसाधारणमा समेत अपिल गरेको हो ।
विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले काठमाडौं लगायतका पुरातात्विक महत्वका क्षेत्रहरुमा भेटिएमा तत्काल विभागमा जानकारी गराई मानव सभ्यतालाई नासिनबाट जोगाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माणको काम गर्दा पनि पुरातात्वक महत्वका वस्तुहरु भए, नभएको यकिन गरेर मात्रै अघि बढाउन पनि सचेत गराउनुभयो ।
मानव सभ्यतालाई जोगाउन र यसको पहिचान कायमै राख्न पनि प्रमाणको रुपमा यस्ता अवशेषहरुले महत्वपूर्णं भुमिका खेल्ने भएकाले यसको संरक्षण गर्न अति आवश्यक रहेको महानिर्देशक प्रधानाङ्गको भनाई थियो । त्यस क्रममा विभागले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि प्रमाण जुटाउने काम भइरहेको जानकारी दिएको छ।





