प्रम पत्नि शाक्य र मन्त्री श्रेष्ठद्वारा खोकनाको रुद्रायणी अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रम पत्नि शाक्य र मन्त्री श्रेष्ठद्वारा खोकनाको रुद्रायणी अवलोकन

काठमाडाैं,१५ मंसिर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनामा रहेको रुद्रायणी मन्दीरको अवलोकन गर्नुभएको छ ।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएको सो मन्दीरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपुर्ण चाड पुनिर्णमा नाच अवलोकन गर्न प्रधानमन्त्री पत्नी शाक्यसँगै मन्त्री श्रेष्ठ, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम खोकना पुग्नुभएको हो ।

जिर्ण मन्दीरको अवलोकन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पुरातात्विक र एतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य मन्दीरको जिर्णोद्धार तत्काल गरिने बताउनुभयो । मन्दीरको बाहिरी भागबाट क्षति भएको नदेखिएपनि भित्री भागमा जिर्ण भएकोले मन्दीरको पुननिर्माण तत्काल गरिने बताउनुभयो ।

अवलोकन पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले क्षतिग्रस्त रुद्रायणीको पुननिर्माण तत्काल गरिने बताउनुभयो । खोकनाको एतिहासिक बस्तीलाई जोगाई राख्न सरकारले बजेटको व्यवस्था गरिसकेको पनि ज्ञवालीले बताउनुभयो । यस्तै इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामाग्री प्रयोगगरी निर्माण गरेर संरक्षण गर्नुपर्ने माग स्थानीयहरुले गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);