कपिलवस्तु संग्रहालयमा पर्यटकको संख्या बृद्धि भएन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कपिलवस्तु संग्रहालयमा पर्यटकको संख्या बृद्धि भएन

शम्भु माली
कपिलवस्तु, २ असोज । कपिलवस्तु सङग्राहलयको भवन पुननिर्माण पछि संग्राहलय अवलोकनका लागि आउनेहरुको संख्यामा सन्तोषजनक बृद्धि हुन सकेको छैन । नयाँ आधुनिक संग्रहालय भवन पुरातत्व विभागले कपिलवस्तु नगरपालिका– ३ रामघाटमा ४ करोड ३२ लाखमा निर्माण गरेको हो ।

२०७५ माघमा भवन पुननिर्माण भएपछि संग्राहलयमा आउने अवलोकनकर्ताको संख्यामा सुधार भएको हो । गत आर्थिक बर्ष २०७५/०७६ मा ७ हजार २ सय ८४ पर्यटकले संग्राहलय अवलोकन गरेका थिए भने अघिल्लो आर्थिक बर्षमा जम्मा ४ हजार ४ सय ३३ अवलोकनकर्ताले भ्रमण गरेका थिए ।

यसरी अवलोकन कर्ताको संख्या केहि बढे पनि यो सन्तोषजनक छैन । संग्राहलयबाट जम्मा १ किलोमिटरको दुरीमा रहेको तिलौराकोट बार्षिक ५० हजारको हाराहारीमा पर्यटकहरु आउने गर्छन् । जसको जम्मा १५ प्रतिशत पर्यटक मात्र संग्राहलय भ्रमणका लागि आउने भएकाले यो संख्यालाई बढाउन जरुरी भएको संग्राहलय प्रमुख शान्ति शेर्मा लिम्बुको भनाइ छ ।

संग्राहलयमा खासगरी भगवान बुद्धसंग सम्बन्धित पुरातात्विक र ऐतिहासिक सम्पदाहरु संग्रहित छन् । भारतीय पथप्रदर्शकहरुले पर्यटकलाई तिलौराकोटसम्म मात्र भ्रमण गराई फिर्ता लाने गरेको कारण कपिलवस्तुको संग्राहलयमा अवलोकन कर्ताहरुको कमी हुने गरेकोे स्थानीय संचारकर्मी किरणमान बज्राचार्यको ठम्याइ छ ।

लुम्बिनी विकास कोष भने संग्राहलयमा अवलोकनकर्ताको संख्यामा बृद्धि गर्न पुरातत्व विभागसंग सहकार्य गरेर प्रचारप्रसारका पहलहरु भईरहेको जनाएको छ ।

कपिलवस्तु संग्राहलय पुरातात्विक, ऐतिहासिक मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण सम्पदा हो । यसको पर्याप्त प्रचार प्रसारका साथै संग्राहलयमा आवश्यक सुधारहरु गर्दै लानु जरुरी छ । अर्कोतिर पथ प्रदर्शकहरुलाई उचित जानकारी तथा प्रशिक्षणहरु दिएर पर्यटकहरुलाई संग्राहलयसम्म पु¥याउन प्रेरित गर्नु पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);